अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

बारामा सवारी दुर्घटना, ३ को मृत्यु, २ घाइते

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ४:३९ मा प्रकाशित

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढ नगरपालिका–९ स्थित भमरा पुल नजिकै राति जिप र ट्याक्सी जुध्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना गम्भीर घाइते भएका छन् । २ जनाको घटनास्थलमै र अर्का १ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नारायणगढबाट सर्लाहीतर्फ जाँदै गरेको ग २ च २३२५ नम्बरको बोलेरो जिप र रौतहटको गुजारा नगरपालिका सिमरी गाउँबाट निजगढतर्फ फर्किदै गरेको बा २ ज २११७ नम्बरको ट्याक्सी निजगढको भमरा पुल नजिकै एक आपसमा जुध्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा निजगढ नगपालिका–७ का २५ वर्षीय आकाश माझी र सोही ठाउँ २५ वर्षीय विशाल माझीको घटनास्थलमै मृत्यु भएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिनुभयो । ट्याक्सी चालक भक्तपुर घर भएका समुद्र श्रेष्ठको हेटौंडास्थित चुरे हिल अस्पतालमा उपचारको लागि लगिदै गर्दा बाटौमै मृत्यु भएको हो । दुर्घटनामा निजगढ–७ नरेश माझी र अजुर्ण माझी गम्भीर घाइते भएका छन् । दुवै जनाको भरतपुरस्थित पुरानो मेडिकलमा थप उपचार भइरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू