अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

मह जोडी जनआन्दोलन स्वर्ण पदकद्वारा सम्मानीत

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ४:३३ मा प्रकाशित

बरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानीत हुनुभएको छ । सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर कलाकारद्धय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो । आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानको खुलेर प्रसंशा गर्नुभयो । सो अवसरमा उप–राष्ट्रपति पुनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण पनि गर्नुभयो ।

२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो । राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका उहाँको २०५४ साल असोज २ गते निधन भएको थियो । स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उहाँको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू