अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

च्याम्पियन्स लिग फुटवलः बार्सिलोना नकआउट चरणमा

बिआरटीनेपाल २०७५ कार्तिक २० गते २१:४४ मा प्रकाशित

स्पेनिस क्लव बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह ‘बी’को खेलमा ईटालीको ईन्टर मिलनासँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोना प्रतियोगिताको नकआउट चरणमा उक्लिने पहिलो टोली बनेको हो । बार्साले ४ खेलबाट १० अंक जोड्दा दोस्रो स्थानमा रहेको ईन्टर मिलानको ७ अंक छ । ४ अंक जोडेको इंग्लिस क्लव टोटनह्याम हट्सपरको पनि अर्को चरणमा पुग्ने सम्भावना जीवित छ ।

गएरातिको खेलमा नेदरल्याण्ड्सको पीएसभी आन्डोभनलाई २–१ ले हराउँदै टोटनह्यामले प्रतियोगितामा अर्को चरण प्रवेशको सम्भावना जीवित राखेको हो । च्याम्पियन्स लिग समूह ‘ए’को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदा बेल्जियमको क्लब ब्रुजले फ्रान्सको मोनाकोलाई ४–० ले पाखा लगायो ।

गएराति इंग्ल्यान्डको लिभरपुल भने पराजित भयो । लिभरपुललाई सर्वियाको रेडस्टार बेलग्रेडले २–० ले हराउँदा समूहको अर्को खेलमा ईटालीको नापोली र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले १–१ गोलको बराबरीमा चित्त बुझाए । गएराति भएका अन्य खेलमा पोर्चुगलको एफसी पोर्टोले रुसको लोकोमोटिभ मस्कोलाई ४–१ ले हराउँदा जर्मनीको शाल्काले टर्कीको गालातासारेलाई २–० ले पराजित र्गयो ।

 

प्रतिक्रिया