अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

यी बानी त्याग्नुस्, तपाईको घरमा सुख, शान्ति र समृद्धि आउछ

बिआरटीनेपाल २०७५ कार्तिक २० गते २०:४५ मा प्रकाशित

धनधान्यकी लक्ष्मी लक्ष्मी माताको कृपा बनाईराख्न केही विशेष कुरामा ध्यान दिन जरुरी छ । हरेक व्यक्ति धन कमाउन चाहन्छ र त्यसका लागि दिनरात मेहनत गरिरहेको हुन्छ । तर, धेरै मानिस सफल हुन सक्दैनन् । यतिधेरै मेहनत गर्दा पनि मनले चाहेको सफलता हासिल गर्न सकिएको छैन भन्ने धेरैको गुनासो पनि सुन्न सकिन्छ ।

यसमा तपाई केही बानी प्रमुख कारक हुन सक्छन् । कारण तपाईंका केही बानी पनि हुनसक्छन् । सुन्दा सामान्य लाग्ने केही बानी सुधारेमा लक्ष्मी माताको कृपाहुने र मनले चिताएको सफलता प्राप्त गर्न सकिने धार्मिक मान्यता छ । यहाँ हिन्दू धर्मपरम्पराका अनुसार यस्ता पाँच खराब बानीको बारेमा छलफल गरिँदैछ जसलाई त्याग्न सक्दा गरिबीले तपाईंलाई त्याग्नेछ र तपाईंले पसिनाको सही फल पाउन सक्नुहुन्छ ।

१. सूर्य उदाएपछि उठ्ने र सूर्य अस्ताउने बेला सुत्ने यी दुवै काम धनकी देवी लक्ष्मीको लागि अप्रिय हुन्छ । यस्तो बानी भएका मानिसप्रति देवी देवताको कृपा हुँदैन ।

२. कयौं पटक हाम्रो कपडा फाट्छ र मैलो भए पनि हामी त्यसलाई लगाइरहन्छौं । जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँने व्यक्तिलाई धनकी देवी लक्ष्मीले कृपा हुनसक्दैन ।

३. बिहान र बेलुकाको समय दैवी शक्तिको लागि खास महत्वपूर्ण मानिन्छ । उक्त समयमा घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ ।

४. जो व्यक्ति साधुसन्त वा घरको ठूलो मानिसको अपमान गर्दछ, उनीमाथि देवी लक्ष्मी रिसाउँछिन् । यस्ता मानिसहरुले लाख कोसिस गर्दा पनि धन लाभ गर्न सक्दैनन् र चाहेको सफलता हासिल गर्न सक्दैनन् ।

 

५.शास्त्रका अनुसार, बिनाकारण वा ज्यादा रिसाउने बानी पनि देवी लक्ष्मीलाई क्रोधित बनाउने तरिका हो । जुन घरमा झगडाको माहौल बनिराख्छ, त्यहाँ लक्ष्मीले बास गर्दिनन् । यसकारण बिनाकारण रिसाउने बानी हटाउनु पर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू