अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

निश्चल पिएसको ‘पद्मीनी’ लोकापर्ण

बिआरटीनेपाल २०७५ कार्तिक २० गते १०:०५ मा प्रकाशित

काठमाडौँ, गजलकार निश्चल पिएसको गजल एलबम ‘पद्मीनी’ लोकापर्ण भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाबीच वरिष्ठ गजलकार डा. कृष्णहरि बराल, गीतकार सङ्घ नेपालका अध्यक्ष चूडामणि देवकोटा, सङ्गीतकार शक्ति बल्लभ, गीतकार रमेश पौडेललगायतले उक्त एलबमको सार्वजनिक गरेका हुन् ।

लोकार्पण पश्चात् बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले अहिलेको समयमा गीतसङ्गीत विधामा निकै परिवर्तन आएको उल्लेख गर्दै निश्चलले लेखेका गीतमा पृथक्ताक पस्कने कोसिस गरेको बताए । अन्य अतिथितिहरुले निश्चलका गजल सुन्दा आनन्द लाग्ने खालका रहेको भन्दै उनलाई बधाई तथा शुभकामना दिएका थिए । लामो समयदेखि दुबईमा बस्दै आएका निश्चलको ‘पद्मीनी’मा अन्जु पन्तको स्वर र हरि लम्सालको सङ्गीतमा ‘कहाँ कहाँ खोजे तिमीलाई…’, स्वरूपराज आचार्यको स्वर र महेश खड्काको सङ्गीतमा ‘टुट्नु नाता टुटेपछि…’, दीपक लिम्बुको स्वर र गैरे सुरेशको सङ्गीतमा ‘जब तिम्रो साथ हुन्छ…’, ताराप्रकाश लिम्बुको स्वर र सङ्गीतमा ‘तिम्रो मनको बगैँचामा…’, निर रानाभाटको स्वर र गैरे शुरेसको सङ्गीतमा ‘म रुँदिन भन्छु…’, सुनिता थेगेमको स्वर र ताराप्रकाशको सङ्गीतमा ‘हिजोआज किन…’ जस्ता ६ ओटा गजल सङ््ग्रहीत छन् । महराजा थापा, विष्णु अधिकारी, आमोश तामाङ, फणिन्द्र राई र साहस शाक्यको एरेञ्ज रहेको छ एलबममा भएका गजलमा ।

उक्त अवसरमा एलबममा रहेको गीत ‘कहाँ कहाँ खोजे तिमीलाई नखोजेको सहर छैन, हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन’को भिडियो पनि देखाईको थियो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा रिमा विश्वकर्मा, जीवन भट्टराई र जोर्डन राजभण्डारीको अभिनय रहेको छ । उत्तम हुँमागाईंले छायाङ्कन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् ।
गीत सङ्गीत क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन गायिका निर रानाभाटले गरेकी थिइन ।

यस्तो छ गीतको भिडियो

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू