अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

गजल

आशा गुरुङ २०७५ कार्तिक २० गते ९:३८ मा प्रकाशित

अतीतको हुरी बतास जिन्दगीमा चल्यो आज !
विरहको आगो सल्कि मुटु पनि जल्यो आज !!

उधारो भो जीवन यो लिलामी पो हुने हो कि !
मिलनको आशाहरू सुस्त सुस्त गल्यो आज !!

भाग्यलाई दोष दिउ कि कर्मलाई दोष दिनु !
टाढा टाढा पुर्‍याएर ईश्वरले नै छल्यो आज !!

सपनाहरू थिए होला तिम्रो जस्तै मेरो पनि !
सारा सपना दन्किएर चितासरी बल्यो आज !!

समयले छल्दा यहाँ जिन्दगीनै उराठ लाग्छ !
अमृत फल्ने रुख सोचे विषै विष फल्यो आज !!

प्रतिक्रिया