अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

राप्रपा एकता प्रक्रिया सुरु

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ९:०७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको एकता प्रक्रिया सुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष राणालाई दिएअनुसार महाराजगन्जस्थित अध्यक्ष राणाको निवासमा छलफल भएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

वैचारिक दृष्टिकोणमा हिन्दूराष्ट्र कायम गर्ने, राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा जनताको चाहनाका साथै दुवै दलका नेता तथा कार्यकर्ताको भावनालाई बुझेर निर्णय लिने सहमति भएको छ । पछिल्लोपटक मुलुकमा भइरहेको राजनीतिक घटनाक्रमकाबारे समीक्षा भएको छलफलमा एकताका लागि विधि र प्रक्रियाकाबारे पनि सामान्य कुरा भएको छ । केही दिनअघि डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाबीच पार्टी एकताबद्ध गर्ने विषयमा कुरा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू