अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

पोखरा प्रिमियर लिगको फाईनलमा मंगलवार पोखरा पल्टन र चितवन राईनोज भिड्ने

बिआरटीनेपाल २०७५ कार्तिक १९ गते ८:३३ मा प्रकाशित

तेस्रो फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगिताको रुपमा पोखराबाट स्थापित पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगको फाइनलमा मंगलबार पोखरा पल्टन र चितवन राईनोज वीच प्रतिष्पर्धा हुने भएको छ । सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाईज क्रिकेटको उपाधिको लागि घरेलु टोली पोखरा पल्टन र नेपाली क्रिकेटको राष्ट्रिय टोलीको कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राईनोज बीच प्रतिस्पर्धा हुने भएको हो । पोखरा पल्टन र चितवन राईनोजले फाईनलमा स्थान बनाउन हुलास काठमाडौं रोयल्सलाई पराजित गरेका थिए । पोखराले लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई पराजित गर्दै शीर्षस्थान लिदैं फाईनल प्रवेश गर्दा चितवन राईनोजले भने इलिमिनेटर खेलमा पराजित गरेर फाईनल पक्का गरेको थियो ।

फाईनल खेलसम्म आउदाँ पोखरा पल्टनका कप्तान (मार्की खेलाडी) शरद भेषवाकर र चितवन राईनोजका कप्तान (मार्की खेलाडी) पारस खड्काको प्रदर्शन दर्शकको अपेक्षा भन्दा धेरै टाढा क्षितिजमा छ । उपाधिको लागि दुवैले आफनो व्याटिङ क्रेजलाई फर्काउने आशा, विश्वास र भरोसामा दर्शक बसेका छन् ।

यसैवीच, उपाधि जित्नेमा दुवै टोली आशावादी र विश्वस्त छन् । लयमा फर्किएको चितवनले फाईनलमा लय दोहोर्याउने रणनीति बुन्ने छ । पोखराले पनि लिग चरणमै हराउँदै फाईनलसम्मको यात्रा तय गर्दा उपाधि जित्नेमा अझ बढी विस्वस्त छ । पोखरा पल्टनका कप्तान शरद भेषवाकरले लिग चरणमा चितवन राईनोजलाई पराजित गरेकोले फाईनलमा पनि हराउने दावी गर्नुभएको छ । चितवन राइनोजका कप्तान पारस खड्काले पनि उपाधि जित्नेमा विश्वस्त रहेको वताउनुभयो । उपाधि जित्ने आफुहरुको एक मात्र लक्ष्य रहेको खड्काको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू