अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

डोल्पामा जीप दुर्घटना, १० जनाको मृत्यु , २ जना घाईते

बिआरटीनेपाल २०७५ कार्तिक १९ गते ८:१२ मा प्रकाशित

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाईते भएका छन् । डोल्पा सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ७ जना पुरुष र ३ जना महिला रहेका छन् । मृत्यु हुनेहरुमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाया, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाया, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाया, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन् । घाइते बोहराको अवस्था गम्भीर रहेको जनाईएको छ । मृतकहरुको शवलाई मङ्गलबार परीक्षण गरेर आफन्तलाई बुझाइने प्रहरीले बताएको छ । दुर्घटनागस्त जीपमा १२ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट १५ मिटर तल ठूलीभेरी नदीमा खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू