अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

कोलोराडोमा देवकोटा जयन्ती मनाइँदै

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते १३:५७ मा प्रकाशित

अनेसास कोलोराडो च्याप्टरले आउने शनिवार नोभेम्बर १० तारिखको दिन ११० औँ देवकोटा जयन्ती मनाउने भएको छ । साथै नेपाली भाषा र साहित्यमा योगदान गरेबापत डा. शिलु घिमिरे न्यौपानेको श्रष्टा सम्मान पनि गरिने जानकारी अनेसास कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेलले बिआरटी नेपाललाई दिएका छन् । उक्त कार्यक्रममा आ-आफ्नो रचना लिएर आउन पनि उनले अनुरोध गरेका छन् ।

“क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन”

मुनामदनको यी श्लोक उति बेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी सामाजिक न्यायको बिगुल स्वरूप महाकवि छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उतिबेलाको नेपाली समाजकालागि यो एउटा ठुलो क्रान्ति नै हुनुपर्छ । शायद यही कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तर्राष्ट्रिय लेखकहरूले पनि दिल खोलेर गरेका छन् ।

वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको हो । वहाँको जन्म जयन्तीको विभिन्न देशमा साहित्यिक कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । नेपाली साहित्य अनि वाङ्गमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । वहाँका अमर कृतीहरुः मुना-मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतिहरूले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।

वि सं २०१६ सालमा संसारबाट बिदा भएका यिनै महाकविको आउँदै गरेको जन्मजयन्तिमा वहाँप्रति श्रद्धा सुमन । भाषा, साहित्य र हाम्रा मूर्दन्य साहित्यकार तथा श्रष्टाहरू वहाँहरूको सृजनासँगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुञ्जेल बाँचि रहनु हुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।


कार्यक्रम तालिका

Crossroads Church
10451 Huron st
Northglenn, co 80234

दिन तथा समय
नोभेम्बर १०, २०१८ दिनको १ बजे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू