अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

स्याङ्जामा सम्पन्न पाराग्लाइडिङ वर्ल्डकपको उपाधि कोरियालाई

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ८:२८ मा प्रकाशित

स्याङ्जाको स्वरेकमा सम्पन्न पहिलो नेपाल पाराग्लाइडिङ एक्युरेसी वर्ल्डकपको उपाधि कोरियाले जितेको छ । आइतबार भएको फाइनल खेलमा कोरियाका स्याङ्ग्यु लिमले छैटौँ राउण्डसम्ममा १२ अंकसहित पहिलो स्थान हात पारेका हुन् । यसरी नै कोरियाकै किङकी हेवनले १५ अंकसहित दोस्रो स्थान तथा कोरियाकै झुनयुले १५ अंकसहित तेस्रो स्थानमा रहन सफल भएका छन् । स्लोभेनियाका प्रेलोज्युवीक रोकले १६ अंक ल्याउदै चौथो बनेका छन् । प्रतियोगितामा चीनका झ्युचेनले २१ अंक सहित पाँचौ स्थान प्राप्त गरेका छन् ।

वर्ल्डकपका लागि सहभागी महिलातर्फ कोरियाकी ह्रयुन्ची किमले ५९ अंक ल्याएर पहिलो स्थान हात पार्दा कोरियाकै इयुन्यौङ चोलले ७४ नम्बर ल्याएर दोस्रो स्थान प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा इण्डोनेसियाकी गीता रेजकी गुन्तरी बनिन् । कोरियाकी इन्सुककङग चौथो र नेपालकी सविता तामाङले पाँचौ स्थान पप्त गरेका छन् ।

प्रतियोगितामा १३ देशका ७० जना खेलाडीहरुको सहभागिता रहेको थियो । जसमध्ये १८ जना महिला पाइलटले प्रतियोगितामा भाग लिएका थिए ।सम्पन्न प्रथम नेपाल पाराग्लाइडिङ एक्युरेसी विश्वकपमा व्यक्तिगततर्फ प्रथम, द्वतिय र तृतिय हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरोसहित स्वर्णपदक, मेडल र प्रमाणपत्र पाएका छन् । टिमतर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः १५, १२ र ७ सय युरोसहित मेडल, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा नेपाल सहित जापान, जर्मनी ,क्यानडा, फ्रान्स, टर्की,बेलायत, दक्षिण कोरिया, साउदी अरेबिया, सिंगापुर, इण्डोनेसिया, मंगोलिया, मलेसिया, भारत, पाकिस्तान र इरानका खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया