अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

चितवन राईनोज पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा, उपाधिका लागि मंगलबार पोखरा पल्टन संग भिड्ने

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ८:२६ मा प्रकाशित

चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाण्डौंले चितवनलाई पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको हो । सम्पन्न खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलाई पारस खड्का नेतृत्वको चितवनले ६ विकेटले पराजित गरेको हो । जितसँगै चितवनले पीपीएल क्रिकेटमा शरद भेषावकरको कप्तानीमा रहेको स्थानीय टोली पोखरा पल्टनसँग फाइनल खेल तय गरेको छ । उपाधि भिडन्त आगामी मंगलबार हुनेछ ।

आईतवार सम्पन्न खेलमा काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो । चितवनका लागि स्मित पटेलले ३८ रन जोड्दा हरिशंकर साहले २६ रनको योगदान दिए । प्रतियोगितामा सुरुवाती दुई खेल हारेको चितवनको यो लगातार चौथो जित हो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व ९४ रनमात्रै जोडेको थियो । जारी पीपीएल क्रिकेटमा कुनैपनि टोलीले पहिलो इनिङसमा बनाएको यो सर्वाधिक न्यून रनको योगफल हो । काठमाडौंका लागि ज्ञानेन्द्र मल्लले ३० रन जोड्दा जयकृसन कोलसवालले २५ रनको योगदान दिए । काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा चितवनका सन्नी पटेलले ३ विकेट लिँदा स्मिथ पटेल र भुवन कार्कीले समान २/२ विकेट झारे ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू