अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

बिराटनगरमा भारतीय रेलको ईन्जिन परिक्षण

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ८:१९ मा प्रकाशित

बथनाह—कटहरी रेलमार्ग अन्तर्गत एकिकृत भन्सार जाँच चौकी (आइसीपी) नजिकको स्टेशनमा भारतीय रेलको इन्जिन परीक्षण गरिएको छ । भारतको वथनाहाबाट विराटनगर १८ को बुधनगरमा परिक्षण प्रयोजनको लागि रेल ल्याईएको हो ।
निर्माणाधिन रेल मार्गको बथनाहा—बुधनगर खण्डमा लिक परीक्षणका लागि रेलको इन्जिन ल्याइएको अधिकारीहरुले जनाएका छन् । पहिलोपटक विराटनगर आएको रेललाई स्थानीयले ताली बजाएर स्वागत गरेका थिए । बथनाहा— कटहरी रेल मार्गको लम्वाई १८ किलो मिटर रहे पनि पहिलो चरणमा ८ किलो मिटर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।

बथनाहबाट आएको रेलमा चालक नागेन्द्रकुमार सहित परियोजना प्रमुख अश्वीनीकुमार, एनएफ रेलवेका डेपुटी इन्जिनियर एस् विश्वास लगायत सवार रहेका थिए । न्यू विजी रेललाईन परियोजना प्रमुख नागेन्द्र कुमारले बथनाहा–बुधनगर ८ किलोमिटर रेलवे खण्डको १२ डिसेम्वरमा उद्घाटन गर्ने बताउनुभयो । रेलमार्ग निर्माण गर्न ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको रेलमार्गमा ४ वटा ट्रयाक रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू