अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक , महासमिति बैठक सार्ने तयारी

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ८:१७ मा प्रकाशित

नेपाली काँग्रेसले यहि कार्तिक २० गते केन्द्रीय समितिको वैठक बोलाएको छ । पटक पटक मिति तय गरेर पनि सर्दै आएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकको नयाँ मिति फेरि तय गरिएको हो । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कात्तिक २० गतेका लागि बैठक बोलाइएको जानकारी दिनुभएको छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने बताइएको छ ।

यसैवीच, विधान संशोधनका लागि मस्यौदा तयार पार्न गठित विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन समेत तयार नभएको भन्दै नेपाली काँग्रेसले महासमिति बैठक केही दिन पर सार्ने तयारी गरेको छ । कांग्रेसको आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको थियो । तर, महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदाको कामसमेत सम्पन्न हुन नसकेपछि त्यसलाई केही दिनपछि सार्ने तयारी गरिएको पार्टीको संस्थापन पक्षले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू