अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

आमरण अनशन बस्ने निर्मला पन्तका बुबाको चेतावनी

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ८:१५ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुबा यज्ञराज पन्तले छोरीको न्यायको लागि आफुहरु आमरण अनशन बस्ने वताउनुभएको छ । उहाँले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनी दिनुभएको हो । आइतबार भीमदत्त नगरपालिका २ स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै पन्तले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र त्यति गर्दा पनि सुनुवाइ नगरे स–परिवार आमरण अनशन बस्ने चेतावनी दिनुभयो ।
हत्यामा संलग्न दोषी पत्ता लगाउन १ हप्ताको अल्टिमेटम दिंदै पन्तले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने बताउनुभयो । धर्नापछि पनि सुनुवाई नभए स–परिवार आमरण अनशन बस्ने उहाँको चेतावनी थियो ।

निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । हत्या भएको तीन महिना बितिसक्दा पनि त्यसमा संलग्नको खोजी गर्न सरकारले चासो नदेखाएको पन्त परिवारको आरोप छ । घटनाको छानविनका लागि विभिन्न टोली गठन गरे पनि घटनामा संलग्नको पहिचान गर्न नसकेको तथा दोषीलाई कारवाही गर्न नसकेको भन्दै सरकारले घटनालाई थामथुम पार्न खोजेको निर्मलाका बुवाले आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू