अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

नेयमारलाई ६ वर्ष कैद हुन सक्ने

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ९:५२ मा प्रकाशित

 स्टार फुटबलर नेयमारलाई ६ वर्षको जेल सजाय हुन सक्ने देखिएको छ ।

स्पेनको अदालतले नेयमारलाई भ्रष्टाचार  जालसाँचीको मुद्दालाई तीन न्यायाधीशको इजलासमा पठाउने आदेश गरेको छ । अब तीन न्यायाधीशको इजलासमा उनको मुद्दाको सुनुवाइ हुने छ । यदि उनी दोषी सावित भएमा चारदेखि ६ वर्षसम्म कैद सजाय हुन सक्ने जनाएको छ ।

सन् २०१३ मा नेयमार ब्राजिलको सान्टोस क्लबबाट बार्सिलोना क्लबमा ट्रान्सफर भएका थिए । त्यो ट्रान्सफरको बेला पाएको रकम लुकाएको र कर छली गरेको आरोप लागेको छ ।

रिपोर्टहरुका अनुसार, उनी ८६.२ मिलियन युरोमा ट्रान्सफर भएका थिए । तर, ४० मिलियन युरोमा ट्रान्सफर भएको देखाइएको थियो । यो विवाद बाहिर आएपछि बार्सिलोनाका पूर्व अध्यक्ष जोसेफ मारियाले राजीनामा दिनु परेको थियो ।

यो मुद्दाको सुनुवाई कहिलेदेखि शुरु हुन्छ भन्ने एकिन भएको छैन् । स्पेनको अदालतले तीन न्यायाधीशको संयुक्त इजलासमा पठाउने आदेश गरेपछि नेयमारका पक्षबाट कुनै प्रतिक्रिया आएको छैन् ।

अहिले नयमार फ्रान्सको पेरिस सेन्ट जर्मन टिमबाट खेल्दै आएका छन् । उनको टिमले राम्रो प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू