अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

गभर्नस गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ९:४६ मा प्रकाशित

मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

आज सिक्किमको पाल्जोर रङ्गशालामा भएको फाइनल खेलमा रेड आर्मी क्लब भारतलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो । मनाङको जितमा एकमात्र गोल सुजल श्रेष्ठले खेलको ८१ औँ मिनेटमा गरेका थिए ।

क्वार्टरफाइनलमा कोलकाता कस्टम्स क्लबलाई दुईका विरुद्ध चार गोलले हराएको मनाङले सेमिफाइलनमा कोलकाता एटिकेलाई दुईका विरुद्ध छ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो ।

दशैँअघि भएको ए डिभिजन लिगमा पनि मनाङले विजयी शुरुआत गरेको थियो । मनाङ ए डिभिजन लिगको साविक विजेता टोलीसमेत हो । प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू