अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

नयाँ शक्ति पार्टीको ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ कार्यक्रम मंसिर १ देखि शुरु हुने

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ९:२० मा प्रकाशित

नयाँ शक्ति पार्टी नेपालले ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ कार्ययोजना तयार गरी ७७ जिल्ला अधिवेशन गर्ने भएको छ । मंसिर १ गतेदेखि चैत ३० गतेसम्म जिल्ला अधिवेशन गर्ने र पार्टीको संगठन वडा तहसम्म विस्तार गरिने संयोजक बाबुराम भट्टराईले जानकारी दिनुभयो । महाधिवेशन आयोजक समितिका सदस्यलाई अभिप्रेरकका रूपमा नयाँ शक्तिले जिल्लामा परिचालन गर्ने महाधिवेशन आयोजक पूर्ण कमिटीको हालैको बैठकले निर्णय गरेको छ ।

माघ १५ देखि एक महिना संयोजक भट्टराईको नेतृत्वमा पाँचथरको चिवा भन्ज्याङ्गदेखि बैतडीको झुलाघाटसम्म १७६५ किमी मध्यपहाडी लोकमार्गमा जनजागरण यात्रा गर्ने पनि नयाँ शक्ति पार्टी नेपालले निर्णय गरेको छ । नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, संविधानका अपूर्णता पूरा गर्न संविधान संशोधनलगायतका एजेण्डासहित जनजागरण गर्न लागेको हो ।

बैठकले सचिवालय ३३ सदस्यीय र हेडक्वाटरमा ११ जना रहन सक्ने निर्णय गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ । बैठकले सरकारको काम कार्वाहीको टिप्पणी गर्दै सबै क्षेत्रमा वर्तमान सरकार असफलतातिर उन्मुख रहेको ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू