अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

बेलायती दूतावास भित्रै च्यातियो पर्यटनमन्त्री अधिकारीको भिसा

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ९:१७ मा प्रकाशित

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको भिसा च्यातिएको अवस्थामा भेटिएको छ । नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागी हुन वेलायत जान लाग्नुभएका अधिकारीको भिसामा वेलायती दूतावासको लापर्वाही भेटिएको हो । यो संगै मन्त्री अधिकारीको भिसा रद्ध भएको छ ।

मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाए पछि उहाँको बेलायत भ्रमण प्रभावित हुन पुगेको जनाईएको छ । भिसा रद्द भएको अवस्थामा भेटे पछि यस बिषयमा यथार्थ बुझ्न मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौँ स्थित भिसा वितरक सस्था भीएचएफ गोलोवलको अफिस पुगेर मुचुल्का उतारेको थियो । शुरुमा मुचुल्कामा हस्ताक्षर गर्न नमानेका भीएचएफका कर्मचारीलाई प्रहरीले कानुनी दयारामा ल्याउने चेतावनी दिएपछि गल्ति स्वीकार गर्दै हस्ताक्षर गरि आइतवार सम्म पुनःअर्को भिसा ईस्यु गर्ने जनाएका छन् ।

यसैवीच, नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणले मन्त्री अधिकारीको भ्रमण अझै स्थगित नभएको र सोमवारसम्ममा उहाँको उपस्थिती हुन सक्ने बताउनुभएको छ । मन्त्री अधिकारी सहभागी हुने पर्यटन मेलामा नेपालका ३१ पर्यटन व्यवसायी समेतले उपस्थिती जनाउने बताईएको छ । यस्तै नेपाली दूतावास लण्डनले १० नोभेम्वरमा अधिकारीको उपस्थितीमा दूतावासमा एक कार्यक्रम आयोजना गर्ने तयारी समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू