अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

साफ यू–१५ स् नेपाल चौथो स्थानमा

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते ९:०६ मा प्रकाशित

साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको सातदोबाटोस्थित मैदानमा आज भएको खेलमा १८ औँ मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो ।

पहिलो हाफमा शुन्यका विरुद्ध एक गोलले पछि परेका नेपाल दोस्रो हाफमा सुधारिएको प्रदर्शन त गरें, तरपनि गोल गर्न नसक्दा भारतसँग पराजित हुन पुग्यो । जितसँगै अघिल्लो संस्करणको विजेता भारत तेस्रो बन्यो ।

नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग शुन्यका विरुद्ध चार गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।

प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्समाथि शुन्यका विरुद्ध चार गोलको सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलादेशसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भयो ।

पहिलो खेलमै पाकिस्तानसँग एकका विरुद्ध दुई गोल अन्तरले पराजित भएका भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । पाकिस्तान र बङ्गलादेशबीचको खेल एन्फा मैदानमा अहिले जारी छ ।

प्रतिक्रिया