अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८
| Colorodo: 11:53
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाही रामनगर घटनाका दोषीलाई संघीय सरकार र प्रदेश सरकार दुबैले जोगाउन खोजेको आरोप लगाएका छन् ।
उनले नेपाली काँग्रेसका कार्यकर्ता राम विलास महतोलाई हत्या गरेका व्यक्तिहरुको नाम प्रहरीले समेत पहिचान गरिसकेपनि केन्द्र सरकारले दोषीलाई नसमात्न निर्देशन दिएको आरोप लगाए ।
शनिवार जनकपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अपराधिक क्रियाकलाप बढेकोप्रति प्रदेश सरकारको भूमिकामाथि समेत प्रश्न गरेका छन् ।
हत्या, हिंसा बलात्कारका घटनाहरु बढेकोमा निधीले केन्द्र र प्रदेश दुबै सरकारप्रति आक्रोस व्यक्त गरे । उनले प्रदेश सरकारले पनि यी घटनाहरु बढ्दै गर्दा गैरजिम्मेवारपुर्ण तरिकाले प्रस्तुत भएको आरोप लगाएका छन् । उपसभापति निधिले प्रदेश २ लाई ‘मिथिला प्रदेश’ नामाकरण गर्न प्रदेश सरकारलाई सुझाब दिए ।