अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

जनसम्पर्क समिति बेल्जियमद्वारा शुभकामना आदान प्रदान तथा मेलमिलाप कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ कार्तिक १६ गते १९:२४ मा प्रकाशित

बेल्जियम, बेल्जियममा बसोबास गर्ने स्थानीय नेपालीहरूको बाक्लो उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेल्जियमले दसैँ तथा तिहार तथा छठ पर्वको उपलक्ष्यमा गत सोमबारका दिन शुभकामना आदान प्रदान तथा मेलमिलाप दिवस कार्यक्रम सम्पन्न गरेको छ । स्थापना काल देखि नै संस्थापक अध्यक्ष श्री धुर्बराज पौडेलको संयोजकत्वमा हरेक वर्ष मनाउँदै आइरहेको कार्यक्रम यस वर्ष पनि जनसम्पर्क समिति बेल्जियम ले बि.पी ले अँगालेको नीति स्वरूप दसैँ, तिहार तथा छठ पर्व को अवसर परेर शुभकामना आदान-प्रदान तथा मेलमिलाप को रूपमा मनाएको हो । 

बेल्जियको आन्त्रोपेन सहरमा आयोजित कार्यकमा संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक श्री ध्रुवराज पौडेलको अध्यक्षता र नेपाली जन सम्पर्क समिति बेल्जियमकी सभापति श्रीमती सीता सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा आमन्त्रित बेल्जियम स्थित विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि हरूको उपस्थिति रहेको थियो । बेल्जियम का निवर्तमान अध्यक्ष सन्तोष जोशी “सुवास” को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष श्री लोक दाहालले देशको परिस्थिति जस्तोसुकै भए पनि प्रवासमा हामी नेपाली सधैँ यसरी नै मिलेर लाग्नु पर्ने बताउनु भयो। 

त्यस्तै अन्य बेल्जियम स्थित विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि हरूले आ-आफ्नो बिचार राख्नु भएको थियो । तमु धि बेल्जियका अध्यक्ष श्री नवीन गुरुङ, जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष श्री विष्णु भुजेल, चितवन सहायता कोष बेल्जियम का अध्यक्ष श्री भुवन सुबेदी, कीरात समाज बेल्जियम की संरक्षक श्रीमती मुना राई, ओनएफ बेल्जियमका महासचिव श्री चन्द्र शर्मा, जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष श्री मेख गुरुङ, नेपाली व्यावसायिक सङ्घ बेल्जियमका अध्यक्ष सीपी भट्ट, बुर्गे समाज बेल्जियमका सदस्य श्री जीवन शर्मा, नवलपरासी समाज बेल्जियमका अध्यक्ष श्री विजय मल्ल, गणेशमान प्रतिष्ठान बेल्जियमका अध्यक्ष श्री योगेन्द्र श्रेष्ठ, जनसम्पर्क समिति बेल्जियमका वरिष्ठ नेता उल्का घिमिरे, मोना बेल्जियमका अध्यक्ष श्री योगेन्द्र बि क लगायत पत्रकार तथा सञ्चारकर्मी ओम शर्मा, निलम घिमिरेले पनि आ-आफ्नो भनाई राखेका थिए। अधिकांशको मूल भनाई नै नेपालीहरू विदेशको भूमिमा मिलेर नेपाली- नेपाली एक ढिक्का हुनु पर्नेमा जोड दिएका थिए ।

आयोजक संस्थापक अध्यक्ष श्री धुर्बराज पौडेल ले सबैलाई धन्यवाद दिदैं हामी बिचको भाइचारा अझ गाढा भएको आवास प्रकट गरेका थिए । कार्यक्रम जनसम्पर्क समिति बेल्जियमकी सभापति तथा कार्यक्रमकी प्रमुख अतिथि श्रीमती सीता सापकोटाले विजया दशमी,दीपावली छड पर्व, नेपाल संवत् लगायत सम्पूर्ण नेपाली पर्वहरूको अवसरमा देश तथा विदेशमा बस्नु हुने सबैमा शुभ कामना व्यक्त गर्दै चियापान कार्यक्रममा उठेका केही जिज्ञासाहरूको जवाफ दिँदै नेपाली जनसम्पर्क समिति बेल्जियममा संस्थापक अध्यक्ष देखी निवर्तमान अध्यक्ष सम्म हामी सबै एकै ठाउँमा छौँ, समितिमा कुनै विवाद छैन, एकादो साथीहरू बाट जे जस्ता गतिविधिहरू बाहिर आएका छन् तिनीहरू लाई सच्याएर साथीहरू अन्त तह: मुलघरमै फर्कनु हुनेछ भन्दै हामी मिलेर जानुको विकल्प नभएको बताएकी थिइन भने उक्त कार्यक्रम बेल्जियमका महामन्त्री श्री दिनेश प्रसाद भण्डारी ले कार्यक्रम सञ्चालन गरेका थिए ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू