अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

पिपिएलः धनगढी एक्सपर्ट ब्लुज र काठमाडौं रोयल्स विजयी

बिआरटीनेपाल २०७५ कार्तिक १६ गते ८:२० मा प्रकाशित

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरुमा धनगढी एक्सपर्ट ब्लुज र काठमाडौं रोयल्स विजयी भएका छन । सम्पन्न पहिलो खेलमा धनगढी एक्सपर्ट ब्लुजले पोखरा पल्टनलाई २ बिकेटले हराएको हो भने दोश्रो खेलमा काठमाडौं रोयल्सले बुटबल ब्लास्टर्सलाई ३७ रनले पराजित गरेको हो ।

पोखराको यो पराजय पछि उसलाई प्ले अफमा पुग्न अप्ठ्यारो भएको छ । पोखरा पल्टनले अझै एक खेल खेल्न बाँकी छ । धनगढी भने तेस्रो जितसहित कम्तीमा इलिमिनेटरमा पुगेको छ । आजको अर्को खेलमा जितसहित काठमाडौं रोयल्स फाइनल नजिक पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू