अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

कोलकाता एटिकेलाई हराउदै मनाङ मस्र्याङ्दी फाइनलमा

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते १०:०६ मा प्रकाशित

मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ ।सिक्किमको ग्यान्टोकस्थित पाल्चोर रङ्गशालामा आज भएको खेलमा कोलकाता एटिके क्लबलाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ फाइनल पुगेको हो ।

मनाङको जितमा डोना थापाले ह्याट्रिक गरेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल बस्नेतले एक÷एक गोल गरेका थिए ।खेलको शुरुआतदेखि उत्कृष्ट प्रदर्शन गरेको मनाङले आठौँ मिनेटमा अञ्जन विष्टको गोलमार्फत अग्रता बनायो । त्यसपछि ४३ औँ मिनेटमा डोना थापाले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एटिकेले एक गोल फर्काएको थियो ।

दुई गोल गरेको मनाङले दोस्रो हाफमा चार गोल गर्यो । ५३ औँ मिनेटमा डोनाले व्यक्तिगत तेस्रो गोल गरे । ७६औँ मिनेटमा विमल रानाले चौथो गोल गरे । त्यसपछि ८३औँ मिनेटमा डोनाले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । ८५ औँ मिनेटमा सुजल श्रेष्ठको गोलमार्फत मनाङले अन्तर ६–१ मा पुर्यायो । खेलको अन्तिम मिनेटमा एटिकेले एक गोल फर्काएको थियो ।

प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो । मनाङले भने सोझै क्वाटफाइनलमा प्रवेश पाएको हो ।बाइ पाएर सोझै क्वार्टफाइनल खेलको मनाङले मङ्गलबार भारतीय क्लब कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू