अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 22:45

उच्च आर्थिक वृद्धिका लागि निजी क्षेत्रको सहवद्धतामा लगानी प्रवर्द्धन, आगामी तीन वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते ९:४६ मा प्रकाशित

मध्यम आय हुने देशमा स्तरोन्नति हुने नेपालको लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको सहवद्धतामा लगानी प्रवद्र्धन आवश्यक रहेको विश्व बैंकले आज सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा उल्लेख छ ।

सरकारले सन् २०२१ सम्म लगानीमा १० प्रतिशतको वृद्धि हुने अनुमान गरेको छ । यो रेमिट्यान्सले बढावा दिएको उपभोगमा आधारित आर्थिक वृद्धिदरभन्दा फरक र उत्पादक क्षेत्रले नेतृत्व गरेको हुनेछ, डेभलमपेन्ट अपडेटमा भनिएको छ ।

सन् २०१८ मा कम अनकूल मनसुन र अर्थतन्त्रमा केही प्रतिकूलताको बाबजूद पनि नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रह्यो । विश्व बैंकको आज सार्वजनिक प्रतिवेदनले आर्थिक वृद्धिदरलाई अघि बढाउन लगानीको योगदान बढाउने सम्बन्धमा चर्चा गरेको छ । नेपाल डेभलपमेन्ट अपडेटले आगामी तीन वर्ष नेपालको आर्थिक वृद्धिदर औसत ६ प्रतिशत रहने अनुमान गरेको छ भने मूल्य वृद्धिदर (मुद्रास्फिति) ५ प्रतिशत तल रहने अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू