अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

कतार भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते ९:४२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमण पूरा गरी विहीवार स्वदेश फर्कनुभएको छ । कतारका राष्ट्रपति अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार कतार जानुभएको थियो । कतारमा रहँदा राष्ट्रपति भण्डारीले कतारका अमिर, उहाका पत्नी लगायत कतारका उच्च सरकारी अधिकारीसँग आपसीहितका विषयमा छलफल गर्नुभएको थियो ।

यसैवीच, नेपाल सरकार परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको कतार भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको दाबी गरेको छ । भ्रमणमा सहभागी सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मीसंग कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू