अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

प्रहरी नै मोटरसाइकल चाेरीमा संलग्न, तीन प्रहरी पक्राउ

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते २०:१९ मा प्रकाशित

प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको छ । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेपछि घटना पुष्टि भएको हो ।

पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ ।

घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् । कडरिया भने महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत छन् । सिसि टिभीको दृश्य विश्लेषणपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू