अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

झिलझिलेमा बृहत् साङ्गीतिक महोत्सव

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते ११:५९ मा प्रकाशित

दमक, झापाको शिवसताक्षीस्थित झिलझिले मा १० औँ दसैँ तिहार लाइभ कन्सर्टसहितको साङ्गीतिक महोत्सव सुरु भएको छ । शिवसताक्षी युथ क्लबको आयोजनामा मङ्गलवारदेखि सुरु भएको सो साङ्गीतिक महोत्सवको झापा क्षेत्र नं ४ का निर्वाचित सङ्घीय संसद् सदस्य एलपी सावाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ । महोत्सव उद्घाटन गर्दै प्रमुख अतिथि सावाले साङ्गीतिक तथा सांस्कृतिक क्षेत्रका माध्यमबाट मुलुकको आर्थिक तथा औदौगिक विकास गर्न सहयोग पुरयाउने बताए ।

कार्यक्रममा प्रदेश नं १ का सांसद झलकसिंह दर्लामी, स्थानीय पशुपति बोर्डिङ स्कुलका चन्द्र खनाल लगायतले शुभकामना मन्तव्य राख्दै युवाहरूलाई कुलत र विकृति विसंगतिबाट मुक्त गर्न यस किसिमका साङ्गीतिक महोत्सवहरू उपयोगी हुने धारणा राखे ।

कार्यक्रम संयोजक सुरज रिङगालुङले एक साता सम्म सञ्चालन हुने सो साङ्गीतिक महोत्सवमा चर्चित व्याण्डहरुसहित राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने जानकारी दिए । शिवसताक्षी युथ क्लबका अध्यक्ष रितेश रिजालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन भद्र दुमी राईले गरेका थिए ।

प्रतिक्रिया