अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

पर्यटकलाई सहज हुने गरी पोखरा लेकसाइडका गल्लीलाई नम्बरिङ गरिदै

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते १०:३४ मा प्रकाशित

पोखरा लेकसाइडका भित्री गल्लीलाई नामाकरण सहित नम्बरिङ गरिने भएको छ । अहिले होटल र रेस्टुरेन्टका नाममा रहेका ती गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेकोले नम्बरसहित नामाकरणको तयारी गरिएको होे । अहिले कतिपय गल्लीको नामाकरण भए पनि केहीको गरिएको छैन ।

पोखरा पर्यटन परिषद् (पिटिसी)ले पोखरा महानगरपालिका वडा नं ६ सँग सहकार्य गर्दै तिहारभित्रै ती सबै गल्लीलाई भिन्दाभिन्दै नम्बर दिने निर्णय गरेको परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार केदारेश्वर मन्दिर अघिल्तिरको गल्लीलाई पहिलो मान्दै खहरेसम्मका गल्लीलाई भिन्दाभिन्दै नम्बर दिइनेछ । पोखरेलका अनुसार अहिले त्यस क्षेत्रमा झन्डै ३० वटा गल्ली छन् । ती सबै गल्लीलाई फरक नम्बर र नामले पहिचान दिलाउने उहाँले वताउनुभयो ।

यसैवीच, परिषदले स्थानीय तहका पदाधिकारी सहित प्रहरी, ट्राफिक प्रहरीसँग पनि छलफल गर्दै लेकसाइडको सवारी आवागमनलाई व्यवस्थित बनाउन पहल गर्ने बताएको छ । होटलमा पाहुना ल्याउँदा र लैजाँदा ठुला आकारका बस लामो समय रोकिँदा त्यसले सवारी आवागमनमा अवरोध पुगेको भन्दै पर्यटक चढाउन र ओराल्नका लागि ३ देखि ५ मिनेट मात्र समय दिने निर्णय गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू