अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

टर्कीमा विश्वकै ठुलो बिमानस्थल संचालनमा

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते १०:१९ मा प्रकाशित

ट्रकीले विश्वकै सभैभन्दा ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको छ । उसले आफ्नो ९५औं स्थापना दिवसको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याएको हो । राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५ औं स्थापना दिवसको अवसर पारेर  यो विमानस्थलको उद्घाटन गर्नुभएको हो । करिब १२ बिलियन (१२ अर्ब) डलरमा यो विमानस्थलन निर्माण सम्पन्न भएको सीएनएनले जनाएको छ । आगामी डिसेम्बरबाट पूर्ण रुपमा सञ्चालनमा आउने यो विमानस्थलल निकट भविष्यमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हुने विश्वास गरिएको छ ।

यो बिमानस्थल ७ करोड ६५ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । विमानस्थलबाट दैनिक २ लाख यात्रुहरु आवातजावत गर्न सक्ने टर्किस अधिकारीहरुले बताएका छन् । विमानस्थलको टलिप आकारको कन्ट्रोल टावरले सन् २०१६ मा बर्लिनमा भएको विश्व अर्किटेक्चरल फेस्टिभलमा ‘फ्यूचर प्रोजेक्ट (इन्फ्रास्ट्रकचर’ पुरस्कार जितेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू