अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

चीनको यिपिनका उपमेयर र पोखराका मेयरबीच भेटवार्ता

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते १०:०६ मा प्रकाशित

चीनको यिपिन सहरका उपमेयर चाङग फिङग र पोखराका मेयर मानबहादुर जिसीको बुधबार भेटवार्ता भएको छ । भेटमा उपमेयर फिङगले बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे चासो देखाउनुभएको छ । भेटमा उहाँले विमानस्थल पूरा भइसकेपछि यिपिनबाट पहिलो उडान भर्न चाहेको मनसाय समेत व्यक्त गरेको जनाईएको छ ।

गत असोजमा यिपिन र पोखराबीच भगिनी सम्बन्ध स्थापित भएपछि यिपिनका उपमेयरसहित ७ सदस्यीय टोली बुधबार पोखरा आएको हो । फिङ्गले पोखराका मयेर मानबहादुर जिसीलाई महानगरलाई विकास गर्न पहिले कृषिलाई भन्दा पर्यटनलाई जोड दिन आग्रह गर्नुभयो । सहरका कृषि विकास ब्युरो प्रमुख मिच्याङले पोखरा र यिपिनको भौगोलिक बनावट मिल्ने भएकाले कृषि विकासमा सहयोग गर्न आफूहरु तत्पर रहेको वताउनुभयो ।

पोखराका मेयर मानबहादुर जिसीले यिपिनका मेयरलाई विमानस्थल निर्माण भइसकेपछि यिपिन ४ घण्टामै पुगिने भएकाले धेरै कुरामा सहयोग पुग्ने बताउनुभयो । मेयर जिसीले यिपिन सहरले पोखराको कृषि विकासमा लगानी गर्न चाहे महानगर लगानीको वातारण निर्माण गर्न इच्छुक रहेको पनि वताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू