अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

राष्ट्रपति भण्डारी र कतार फाउण्डेसनका अध्यक्षबीच भेटवार्ता

बिआरटीनेपाल २०७५ कार्तिक १४ गते ९:४६ मा प्रकाशित

कतारको चार दिने औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीे आज तेस्रो दिन दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक हुनुभएको छ । राष्ट्रपति भण्डारीलाई फाउण्डेसनका कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गर्नुभएको थियो । उक्त फाउण्डेसन अन्तर्गत विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सञ्चालित छन् जहाँ ९० भन्दा बढी देशका विद्यार्थीहरू विभिन्न संकायमा अध्ययनरत छन् ।

यसै बीच यस फाउण्डेसनकी अध्यक्ष शेख मोजा बिन्द नसिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरुबीच विज्ञान, प्रविधि, खाद्यसुरक्षा लगायातका क्षेत्रमा दुई देशबीच अनुसन्धान र सहकार्य गर्ने विषयमा छलफल भएको वार्तामा सहभागी परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवालले जानकारी दिनुभयो । भेटमा महिला सशक्तीकरण र बालशिक्षाका क्षेत्रमा समेत दुई देश बीच सहकार्य गरेर अगाडि बढ्न सकिने विषयमा समेत छलफल केन्द्रित रहेको वताईएको छ ।

सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू