अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

गीतकार उप्रेतीले बनाए तिहारलाई झिलिमिली (भिडियो सहित)

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते २१:२१ मा प्रकाशित

प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीतमा निरन्तर कलम चलाई रहेका छन् गीतकार हरि उप्रेती । उनी जस्तो सुकै परिवेशमा गीत लेख्न अब्बल मानिन्छन् । हरेक वर्ष आउने ठुला चाड पर्वहरू प्राय परदेशमा बस्ने नेपालीहरूका लागि त्यति रमाइलो हुन्न तर पनि यो पल्ट सबैलाई मनोरञ्जन दिन उप्रेतीले एक सदाबार सम्झना लायक तिहार गीत बजारमा ल्याएका छन् । उक्त गीतमा सङ्गीत विकास चौधरीले दिएका छन् भने स्वर युवा गायक दीपक तिवारीले दिएका छन् ।

सङ्गीत संयोजन निराज श्रेष्ठको रहेको छ । यस गीतको म्युजिक भिडियोमा कलाकार शुशन्त कार्की, रमा लिम्बु, सुरवीर पण्डित, उदय सुब्बा र बिमला गिरी जस्ता महान् कलाकारहरू रहेका छन् ।

प्रतिक्रिया