अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

रियल मड्रिडका प्रशिक्षक लोपेटेगी बर्खास्त

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ९:१८ मा प्रकाशित

रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगीलाई वर्खास्त गरिएको छ । अनुबन्धन भएको करिब ४ महिनामै मड्रिडले लोपेटेगीलाई बर्खास्त गरेको हो । जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उहाँको स्थानमा स्पेनिस क्लब रियलले लोपेटेगीलाई नियुक्त गरेको थियो । तर पछिल्लो समयमा रियल मड्रिडले एकपछि अर्को खेलमा हार ब्यहोरेपछि उहाँलाई बर्खास्त गरिएको हो ।

रियलले स्पेनिस ला लिगामा पछिल्लो समयमा खेलेको ५ खेलमध्ये ४ खेल हारेको छ भने एक खेलमा बराबरी खेलेको छ । स्पेनिस ला लिगामा शनिबार बार्सिलोनासँग रियल मड्रिड ५–१ गोलको भारी अन्तरले पराजित भएको थियो । अहिले रियल लिगमा नवौं स्थानमा रहेको छ भने उसको १० खेलबाट १४ अंक मात्रै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू