अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

कांग्रेस महासमिति तयारीका लागि समिति गठन

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ९:०४ मा प्रकाशित

कांग्रेस महासमिति बैठकको तयारीको लागि समिति गठन गरिएको छ । समितिको व्यवस्थापकीय जिम्मा राजधानीका तीन वटै जिल्ला कार्यसमितिले लिएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सभापतिहरुको बैठकले महासमिति बैठकका सहभागीहरुको भोजन व्यवस्थापन गर्न जिल्ला कार्यसमिति भक्तपुरका सचिव उद्धव सिलवालको संयोजकत्वमा उपसमिति बनाएको छ । उक्त उपसमितिमा ललितपुरका सचिव भीमसेन घिमिरे सह– संयोजक रहनुभएको छ ।

काठमाडौं कांग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकोत्वमा मञ्च तथा प्रसार(प्रसार व्यवस्थापन उपसमिति, ललितपुरका सचिव भीमसेन घिमिरेको संयोजकोत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति, भक्तपुरका सचिव निशान ढुंगेलका संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन भएको छ । उपसमितिमा क्रमशः ललितपुरका कोषाध्यक्ष कर्मा व्यजनकार, भक्तपुरका कोषाध्यक्ष विजेश अवाल, भक्तपुरका सहसचिव किरण न्यौपाने सहसंयोजक तोकिएका छन् ।

काठमाडौं कांग्रेसका कोषाध्यक्ष पुडासैनीका अनुसार महासमिति बैठक सम्पन्न गर्नका लागि १ करोडदेखि १ करोड २५ लाखसम्म खर्च हुने अनुमान गरिएको छ । महासमिति बैठकमा प्रतिनिधि र पर्यवेक्षक गरी करिब १४ सयका लागि खाना, खाजा र चियाको बन्दोबस्त गरिएको जनाईएको छ । बैठकका लागि लाग्ने खर्च तीनै जिल्लाका कार्यसमितिले स्वेच्छिक सहयोगबाट व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू