अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

नेपालको पर्यटनको प्रचार गरिदिन कार्यवाहक राष्ट्रपति पुनको चिनिया पत्रकारलाई आग्रह

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ९:०२ मा प्रकाशित

कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गरि दिन चीनका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । मंगलबार अपरान्ह भएको भेटमा नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारहरुलाई कार्यबहाक राष्ट्रपतिले चीनमा प्रचार–प्रसार गरेर नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउन आग्रह गर्नुभएको हो । कार्यवहाक राष्ट्रपतिलाई भेट्न अल चाईना जर्नालिष्ट एशोसिएसनका महासचिव पान काङ नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डल उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेको थियो । भेटमा कार्यबहाक राष्ट्रपतिले नेपाल आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको जानकारी गराउनुभएको थियो ।

कार्यबहाक राष्ट्रपतिले चीन र नेपालका पत्रकारहरुले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन योगदान दिनुपर्ने पनि वताउनुभयो । कार्यवहाक राष्ट्रपतिसँगको भेटमा अल चाईना जर्नालिष्ट एशोसिएसनका महासचिव काङले नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन दुई देशका पत्रकारहरुबीच बलियो सहकार्य भईरहेको वताउनुभयो । उहाँले समृद्धिका लागि नेपालले अत्यन्त सम्भावना बोकेको उल्लेख गर्दैै नेपालको पर्यटन प्रवद्र्धन लगायतको क्षेत्रमा आफूहरुको सक्दो सहयोग हुने वताउनुभयो ।

यसैबीच कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग यि पिन जनसरकार, सिचुवान चीनका उपमेयर चाङ्ग फिङ्गले शिष्टाचार भेट गर्नुभएको छ । उहाँले सोमबार दिउँसो कार्यबहाक राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो । चीनको यि पिन सहर र पोखराबीच भगेनी सम्बन्ध रहिआएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू