अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

अमेरिकाको निर्वाचनमा तीन नेपालीको उम्मेद्वारी दर्ता

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ९:४३ मा प्रकाशित

अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाका प्रदीप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ । सो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्योल गर्नेछ ।

सोही निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक आठबाट नेपाली मूलका हयारी भण्डारीले हाउस अफ डेलिगेटसमा डेमोक्र्याट पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको छ । भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी वन्नुभएको थियो । यसरी प्राइमेरी निर्वाचनमा विजयी भएर एक तहको निर्वाचन पार गर्ने भण्डारी पहिलो व्यक्ति हुनुहुन्छ ।

न्यूहयाम्सायरबाट डेमोक्र्याट पार्टीको तर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेदवारी दिनुभएका मदलसा गुरुङको क्षेत्रमा डेमोक्र्याटको झिनो उपस्थिति रहेको छ । उता प्रदीप ढकालको उम्मेदवारी कुनै दलगत नभई केबल स्थानीयस्तरको एकाइको पद रहेको वताईएको छ ।

मेरिल्याण्डमा काम गर्नुहुने तरुण पौडेलले पनि भण्डारीको पनि स्थानिय स्तरमा पकड र आधार मजबुद रहेको वताईएको छ । अमेरिकामा आगामी नोभेम्बर ६ मा हुने निर्वाचनले नेपाली उम्मेदवारको उपस्थिति अनुमोदन हुन्छ कि हुँदैन भन्ने भण्डारीको जित हारले सुनिश्चित गर्ने अमेरिका वासी नेपालीहरु वताउछन् ।

प्रतिक्रिया