अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

कपिलवस्तुमा बस र टिपर ठोक्किदा तीनजनाको मृत्यु, २८ घाइते, ७ को अवस्था गम्भीर

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ९:३७ मा प्रकाशित

कपिलवस्तुमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २८ जना घाईते भएका छन् जसमध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ । स्थानिय बुद्धभूमि नगरपालिकास्थित गोरुसिंगे जंगलमा सोमबार अपरान्ह पश्चिमबाट बुटवलतर्फ आउदै गरेको लु २ ख १४७७ नम्बरको टिपर र बुटवलबाट दाङतर्फ जाँदै गरेको ना ६ ख २५०० नम्बरको बस एकापसमा ठोदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दाङको गढवा गाउँपालिका–६ बस्ने २१ वर्षीया दुर्गा सुनारको ४ वर्षीय छोरा सुशान्त सुनार, सोही स्थानका २५ वर्षीया पूजा नेपाली र परिचय नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुष रहेका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका बस र टिपरसँगै त्यसका चालकहरु प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू