अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

पोखरामा एक जोडी परेवाको मुल्य २५ हजार

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ९:३३ मा प्रकाशित

एक जोडी परेवाको मुल्य २५ हजार भन्दा तपाईलाई अच्चम लाग्न सक्छ तर अब अचम्म नमान्दा हुन्छ । पोखराका दया कुमार द्धावाले देख्दा असाध्यै नौलो लाग्ने परेवा ५ हजार देखि २५ हजार मुल्यमा विक्रि गर्दै आउनुभएको छ । नेपाली परिवेशमा परेवा पाल्न परापूर्वकाल देखि नै शुरु गरिएको हो , तर अब भने परेवा शौखको रुपमा पनि पाल्न शुरु गरिएको छ । मन्दिरमा उडाउन या पुजा गर्न परेवाको बढि प्रयोग हुने गरेपनि अहिले शौखको रुपमा पनि परेवा खरिद गरेर पाल्ने चलन बढ्दै गएको छ ।

यसैवीच, पोखरा गोल्डेन नर्सरीका सञ्चालक पुष्प ब्यबसायि दया कुमार द्धवाले स्थानिय सिद्धार्थ चोकमा रहेको आफ्नो नर्सरीमा पेन्सील पाउडर, मेम्पा इपाउडर, इङलीस लम्का, चुहा चन्दन, जाकाविन,चिनी, चाइनिज अल, मोदिना, बदामी लगायतका २० प्रजातीका परेवा पाल्नुभएको छ ।

दया कुमार द्धावाले पेन्सील पाउडरको ५ हजार र मेन्पाई पाउडरको एक जोडी परेवाको २५ हजारमा रुपैयामा विक्रि हुने गरेको बताउनुभएको छ । परेवाको माग राम्रो रहेकोले आफुले विगत १० बर्षदेखि परेवा पाल्दै आएको द्धाको भनाई छ । उहाँले आफ्ना ग्राहक अधिकांश काठमाडौमा रहेको वताउनुहुन्छ ।

पछिल्लो समय पोखरामा केही ब्यक्तिहरुले समेत उहाँको वाट खरिद गर्न शुरु गरेका छन् । द्धाका अनुसार नौलो परेवाहरु देखेर उहाँको नर्सरीमा आउनेहरुले अच्चम मान्दै जिज्ञासा राख्ने गरेका छन् । पछिल्लो समय पोखरेलीहरु पनि परेवा प्रति आकर्षित वन्दै गएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू