अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

सङ्घीयताका विपक्षमा संसद्मा संशोधन प्रस्ताव दर्ता गर्छौ: के.सी

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ६:१२ मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले सङ्घीयताका विपक्षमा संसद्मा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् । नेपालमा सङ्घीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले सङ्घीयता लागु गरिएकाले अहिले जनता स्वयमनै सङ्घीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले सङ्घीयताको विपक्षमा आफ्नो पार्टीले संसद्मा संशोधन प्रस्ताव हाल्न लागेको बताएका छन् ।

आज संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू सङ्घीयता विरोधी नभई नेपालमा सङ्घीय प्रणालीको मात्रै विरोधी भएको बताए । काँग्रेस एमालेले समेत सङ्घीयता नचाएको तर बाध्यतामा परेर सङ्घीयता स्विकारेको भन्दै उनले सङ्घीयता ठुला दलहरूको आफ्नो एजेन्डा नभई कसैले बोकाई दिएको एजेन्डा भएको समेत उनको भनाई छ ।

साथै उनले नेपालमा सङ्घीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दाबी गर्दै उनले नेपालमा सङ्घीयता भनेको “खर्चन पर्चा, काँसी जानुपर्छ” भने जस्तै भएको र अहिले ठुला दलहरूलाई पनि सङ्घीयता “नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार” भने जस्तै गल पासो भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू