अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते २०:३६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् ।

उनलाई सोमबार राति २ बजेतिर अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल भने छैन ।

प्रधानमन्त्री ओलीको उपचारमा अहिले मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि केही सातादेखि घरमै आराम गरिरहेका थिए । स्वास्थ्यकै कारण उनी शनिबारको चियापान कार्यक्रममा समेत ग्एका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू