अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 11:17

अब बन्दुक होइन विचार चाहिन्छ : मोहन बैद्य

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते १९:२८ मा प्रकाशित

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले नेपालमा कम्युनिष्टले केहिपनि गर्न सक्दैन भन्ने भ्रम चिर्नुपर्ने बताएका छन् ।

आईतबार काठमाडौमा आफ्नै पार्टीको वैचारिक राजनीतिक प्रशिक्षण उद्घाटन गर्दे अध्यक्ष बैद्यले यस्तो बताएका हुन् । उनले बिश्वमा नै कम्युनिष्टको अन्त्य हुदै गएको अबस्थामा नेपालमा भने कम्युनिष्ट अगाडी आउनु सकारात्मक बिषय भएको धारणा पनि राखे ।

उनले अहिलेका अबस्थामा बन्दुकको भन्दा बिचारको लडाई महत्वपूर्ण रहेको बताए । उनले कम्युनिष्ट बिचारलाई जनतामाफ पुराउन अझै पनि बाकी रहेको बताए । केहि कम्युनिष्ट सत्ताका लागी माक्र्सवादको नारा लगाउदै प्रतिक्रियाबाद हावी भएको उनको भनाई छ ।

पार्टी स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा माक्र्सवादका मुख्य अवधारणाहरु माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयमा पार्टीका नेताहरुलाई प्रशिक्षण दिइने सो पार्टीले जनाएको छ । ६० जनाभन्दा बढि केन्द्रिय सदस्यहरु सहभागी प्रशिक्षण एक साता सञ्चालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू