अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

समुदाय – प्रहरी साझेदारी कार्यक्रमको गण्डकी प्रदेशमा शुभारम्भ,संघिय प्रहरी ऐन छिटो संसोधन गर्नुपर्नेमा मुख्यमन्त्री गुरुङको जोड

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:१७ मा प्रकाशित

समुदाय प्रहरी साझेदारी कार्यक्रमको गण्डकी प्रदेशमा एक कार्यक्रमका विच आइतबार शुभारम्भ भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । गुरुङले प्रहरीमा राजनीति हुनेगरेको भन्दै प्रहरी संगठनमा राजनीति गर्न नहुने बताउनुभयो । उहाँले प्रहरी अप्ठेरो र संकटको बेलाको साथी भएको वताउनुभएको छ । मुख्यमन्त्री गुरुङले प्रदेश भित्रको शान्तिसुरक्षाको जिम्मा प्रदेश सरकारको भएकोले प्रदेशमा संविधानले दिएको प्रहरी संगठन हुनुपर्ने बताउनुभयो । संघिय प्रहरी ऐन संसोधन नहुँदा प्रदेशले प्रहरी ऐन बनाउन नपाएको उहाको भनाई थियो ।

कार्यक्रममा वोल्दै गण्डकी प्रदेशकाआन्तरिक मामीलातथाकानुनमन्त्री हरि बहादुर चुमानले समुदाय – प्रहरी साझेदारी कार्यक्रम शुरु हुनुले संघियताको कार्यान्वयनमा बल पुगेको बताउनुभयो । उहाँले नागरिक र जनताको सम्बन्ध समधुर भए अपराधिक घटनामा कमी आउनुको साथै अपराधमा पनि कमी आउने वताउनुभएको छ ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले समुदाय – प्रहरी साझेदारी कार्यक्रम केही समयको लागि मात्रै नभएर सधैको लागि हुनुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरका मेयर मानबहादुर जिसीे, जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री लगायतले प्रहरी बर्दी सहितको नागरिक र नागरिक विनाबर्दीको प्रहरी भएको बताउनु भयो । अपराध कम गराउन प्रत्येक नागरिकको भुमिका हुने भन्दै टोलछिमेकमा शंकास्पद ब्यक्ति देखे प्रहरीलाई खबर गर्न पनि उहाँहरुले आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू