अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:१६ मा प्रकाशित

नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु गरेको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आजबाट राष्ट्रव्यापी रुपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको हो । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा एक समारोहका बीच कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

कार्यक्रमको शुरुवात गर्दै मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान र्पुयाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले यो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने पहलकदमी गरेको पनि स्पष्ट पार्नु भयो ।

शान्तिपूर्ण र सुरक्षित समाजका लागि सो कार्यक्रम ऐतिहासिक हुने गृहमन्त्री थापाको भनाइ छ । केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ सञ्चालन गरिएको यो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको कार्यक्रम देशभरका टोल टोलमा सञ्चालन गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू