अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

नेकपाको स्थायी कमिटी बैठक स्थगित

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते ९:१४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । नेताहरूको व्यस्तता र एजेण्डासमेत तय हुन नसक्दा भोलि र पर्सिका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो । गत बिहीबार बसेको सचिवालय बैठकले प्रदेश कमिटीको एकता टुङ्गो लगाउन र केन्द्रीय सदस्यको कार्यविभाजन गर्न महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सम्मिलित कार्यदल गठन गरेको थियो ।

कार्यदललाई तल्लो तहबाट आएका नामलाई टुङ्गो लगाई सचिवालय बैठकमा पेश गर्ने जिम्मेवारी दिइएको थियो । सचिवालयले कार्यदलले पेश गरेका नामलाई अन्तिम रुप दिएर स्थायी कमिटी बैठकमा पेस गर्ने भनिएको थियो । तर, कार्यदलले तल्लो तहबाट आएका नाम टुङ्गो लगाउन नसक्दा स्थायी कमिटी बैठक एजेण्डाविहीन हुने भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

गत बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बस्ने र कार्यदलले पेश गरेका प्रदेश कमिटीका सदस्यको नाम र केन्द्रीय सदस्यको कार्य विभाजनलाई अन्तिम रूप दिने निर्णय गरेको थियो ।यसअघि नेकपा स्थायी कमिटीको बैठक असार २१ गते बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू