अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

बैदेशीक रोजगार विभागका २५ कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्धा

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ९:५८ मा प्रकाशित

गलत कागजातका आधारमा श्रम स्वीकृत दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका २५ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारद्वारा दायर गरिएको मुद्दामा वैदेशिक रोजगार ऐन, २०६४ विपरित भिसामा उल्लेख पेशालाई फरक पारी श्रम स्वीकृत प्रदान गरिएको आरोप लगाइएको छ । त्यस्तो आरोप लगाइएकाहरुमा उक्त कार्यालयका शाखा अधिकृतहरुमा हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेशविक्रम शाह, दीनेशकुमार राई, पवित्रा श्रेष्ठ, रामप्रसाद ओली रहेका छन् ।

यसैगरी, नायव सुब्बाहरु अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुषाल, नगेन्द्रप्रसाद गौतम, रवीन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशवराज ढुङ्गाना तथा कम्प्युटर अपरेटरहरु अमर महरा, चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीसिंह भाट, राजकुमार शाहीलाई पनि गैरकानूनी रुपमा श्रम स्वीकृत दिएको आरोप लगाइएको छ ।

ती कर्मचारीहरुले विचौलियाको मिलेमतोमा २५ अगष्ट २०१७ देखि २५ अक्टोवर २०१७ सम्म १ सय ८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति दिएको अभियोग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू