अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

बरिष्ट गायक आनन्द कार्कीको आवाज रहेको गीतकार घन बहादुर थापाको गीति एलबम “नबिर्स” विमोचन

सूर्य चन्द २०७५ कार्तिक १० गते ९:०६ मा प्रकाशित

काठमाडौँ: युके निवासी गीतकार घन बहादुर थापाको गीति एलबम “नबिर्स” एक भव्य समारोह बिच काठमाडौँमा विमोचन गरिएको छ l लामो समय देखि युके बस्दै आएका गीतकार थापाको यो चौथो एलबम हो l युकेमा बस्दै आए पनि नेपाली माटोलाई, नेपाली साहित्य, गीत सङ्गीतलाई माया गर्दै आएका गीतकार घन बहादुर थापा साहित्य विधामा समेत उत्तिकै कलम चलाउँदै आएका छन् । 

बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाज रहेको यस गीति एलबममा गायक कार्कीलाई गायिका अन्जु पन्त, सबिना कार्की तथा निखिता थापाले साथ दिएका छन् l सात वटा गीत रहेको गीति एलबम नबिर्समा सङ्गीतकारहरू शक्ति बल्लभ, शिखर सन्तोष, दीपक शर्मा, अर्जुन पोखरेल, राजन राज सिवाकोटी तथा तारा प्रकाश लिम्बुले सङ्गीत भरेका छन् ।

बिएफबिस रेडियोमा प्रमुख अतिथि गिताकर सङ्घका अधक्ष्य चूडामणि देवकोटा अतिथिहरू सङ्गीतकार शक्ति बल्लभ, एनटीभी प्लसका प्रमुख तथा सञ्चारकर्मी मनोहरि थापा, बरिष्ट गायक आनन्द कार्की, सङ्गीतकार शिखर सन्तोष, समाजसेवी तथा गीतकार प्रकाश कुमार थापा लगायतका व्यक्तित्वहरूको उपस्थितिमा नबिर्स एलबमको विमोचन गरिएको थियो ।