अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

पीपीएलः काठमाडौं रोयल्सको विजयी सुरुवात, धनगढी ब्लुज १७ रनले पराजित

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ५:३२ मा प्रकाशित

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । काठमाडौं रोयल्सले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको धनगढी ब्लुज २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रनमा समेटियो । धनगढीका लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेपनि टोलीलाई जित दिलाउन असफल रहे ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं रोयल्सले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको उच्च योगफल बनाएको थियो । प्रतियोगितामा काठमाडौंका लागि गौरब टोमारले उत्कृष्ट ब्याटिङ गरे । उनी शतक बनाउनबाट मात्र ५ रनले चुके । टोमारले ४४ बलमा ४ चौंका र १० छक्का प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए ।

नरेश बुढाऐरले पनि नटआउट ३६ रन जोडे । उनले २४ बलमा २ चौंका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै जयकिशन कोल्सावालाले २५ र अमित श्रेष्ठले १२ रन बनाए । अमरसिंह रोउटेला २ रनमा अभिजित रहे । धनगढीका लागि पिटर ट्रिगो, सागर ढकाल र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्ल र धनगढीको नेतृत्व दिपेन्द्रसिंह ऐरीले गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू