नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातान्त्रिक पद्धति अवलम्बन गरेको कांग्रेस प्रजातान्त्रिक तरिकावाटै चल्न नसकेको वताउनुभएको छ । नेपाली कांग्रेस टोखा नगरपालिका–८, ९, १० र ११ वडाले शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा वोल्दै उहाँले सो करा वताउनुभएको हो । पार्टी विधि, विधानअनुसार चल्न नसकेको कारण नै कमजोर बन्दै गएको सिंहको भनाई छ ।
नेता सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गरिने समेत बताउनुभएको छ । समयानुसार सबैलाई समेट्नेगरी विधान संशोधन गरिने उहाँको भनाई थियो ।
कार्यक्रममा वोल्दै कांग्रेस नेता अर्जुनरसिंह केसीले अधिनायकवादी प्रवृत्तिले कांग्रेस चल्न नसक्ने बताउनुभयो । नेता र व्यक्तिको सट्टा नीति तथा विचार कांग्रेसभित्र आवश्यक रहेको उहाँको ठहर थियो । कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले काठमाडौं कांग्रेसको संगठन बलियो बनाउनका लागि आफू लागिरहेको बताउनुभयो । प्रदेश सांसद जीवन डंगोलले पार्टीले युवामुखी कार्यक्रममा जोड दिएमात्र आगामी दिनमा राम्रो जित हासिल गर्नसकिने उल्लेख गर्नुभयो । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पार्टीभित्र प्रशिक्षणको खाँचो रहेको औंल्याउनुभयो ।
कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले पार्टीभित्र देखिएको गुटबन्दीलाई अन्त्य गरी सुधारको बाटोमा अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।