अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८
| Colorodo: 19:23
वरिष्ठ मानअधिकारवादी नेता पद्मरत्न तुलाधर अस्पताल भर्ना हुनुभएको छ । स्ट्रोक (पक्षघात) को लक्षण देखिएपछि उहाँलाई राजधानीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो । उपचाररत नेता तुलाधरको स्थास्थ्यस्थिति ’स्थिर’ रहेको छ ।
तुलाधरलाई शुक्रबार बिहान अस्पतालमा भर्ना गरिएको थियो । तुलाधरको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तले जानकारी दिनुभयो ।
शुक्रवार विहान उठ्नसाथ ’स्ट्रोक’को लक्षण देखिएपछि तुलाधरलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको यसअघि पनि एक पटक सामान्य स्ट्रोकको उपचार भईसकेको बताइएको छ । हाल उहाँ अस्पतालको सघन उपचार कक्षमा उपचाररत् हुनुहुन्छ ।